कथा

Devin Bavu Rai wrote a new note: (ह्याप्पी बर्थ डे रोजि) बियोगान्त कथामा .
त्यो नाबालक रोजी रोइ हुँक्क हुँक गर्दै, के बिध्न पिटिछ भने हृदय नभएका त्यस्का राक्षशिनी सानिमाले। जामा खोलेर हेर्दा कोमल पिँठ्युभरि सिर्कनाको सुम्लै सुम्लो। त्यस्का कलिला आँखाका परेलिमा मोतिका जस्ता आँशुका थोपाहरु फुल्झैँ उनिएका थिए।
मैले फकाएँ आँशु पुछिदिएँ, फेरि त्यो कति छिटो पुकलित हुन्छे भने। मुटुका सबै दु:ख र दर्द
एकैछिनमा भुलिदिन्छे। त्यसैगरी सँधै घरभित्रै बाट त्यस्की सौतिनि आमाले गाँड फुलाएर कराउँछे,
ऐ झुम्रि, कता मरिस्? तेरो काटो घिच्न मर्छेस् कि?
बिचरा ! त्यो हजुर भन्दै दगुरेर पुग्छे पुग्छे हाजिर हुन भयभित मुद्रामा र यहि बाट सुन्छु, की त्यसले एक गाँस खान अघि सयौँ लवेटाहरुसँग सम्झौता गर्न पर्छ।
सिर्जना रहस्यमय तरिकाले मरेर गई, त्यो नाबालकलाई शर्वश्व अकेली पारेर,टुहुरि पारेर। गएका मङ्शिरमा पूरा २ बर्ष नाघ्छ
रोजी एक्ली बाँच्न परेको। ढोकाको चेपमा लुकेर घरी घरी त त्यो यति धेरै रुन्छेकी लाग्छ त्यस्की सानिमालाई गएर दुई ठुन्का पारिदिउँ। त्यस्माथी त्यो आईमाई नसक्नुको र सानोको मुखाल्नी छैन । स-साना कुराहरुमा पनि जुझ्न आइलाग्छे त्यो। त्यस्का लाहुरे पोइ पनि उही गतीको छ। स्वास्नीको कुरा सुनेर सुम्ल्याउन सम्म सुम्ल्याउँछ आफ्नी छोरिको कोमल र
मुलायम शरीर भरि र एकैछिनमा रोजी रगताम्य हुन्छे र ढल्न ढल्न खोज्छे। यो निकृष्ट विमात्रीभावको पुत्रीशोषण हेर्न नसकेर एक्दिन त मैले रोजीलाई खोसेर मेरो घरमा दिन भरि राखेँ।
आखिर उस्ले उस्को घर जानै पर्छ, समाज यो कुरामा सहमती हुँदैन की रोजी मनदेवको घरभित्र पनि बाँच्न अधिकार पाँउछे।
एक त रोजी राती एक्लै सुत्न खुव डराँउछे। त्यस्की आमाले आफू बाट टाढा नजाओस भनेर पनि खुव भुतहरुको कथा सुनाउथी।
त्यहि कारणले त्यो राती सुत्न सौतेनी आमाकी पोल्टोमा जान खोज्थि,भने त्यस्का बावु र सानिमा यौवनका उत्तेजनाहरु पखाल्न बेड भरि लडिबुडि गर्न पर्थ्यो। त्यसलाई एउटा कोठामा अफालिराखेर ती दुबै नाङ्गा भुतुङ्गा कुश्ती खेल्थे। त्यो अकेली डराएर रोइ कराइ गर्थि।
अनी बिशेष कुरो,त्यसले के बिर्सन्न थी भने,जव पित बशन्तकालमा बनमा पातहरु सम्पुर्ण पर्यावरण हुन्थे,र पालुवाले जीवन भर्न अघि त्यसको जन्मदिन हुन्छ भन्ने कुरा त्यसकी आमाले त्यसलाई सिकाएकी थि। धेरैपटक मैले सिर्जना संगै
उन्का जन्मदिनहरु मनाएको थिएँ। खुव रमाइलो हुन्थ्यो । त्यो नाच्थी भने त्यस्की मामु र म गीत गाइदिन्थ्यौँ ।
राम्रा राम्रा बस्त्र पहिरेर त्यो परिझैँ चिटिक्कै हुन्थी र आफ्नी मामुको काख्मा लपेटिएर भन्थी,आइ लभ यू मेरि मामु...
अनी सिर्जना आँखा भरि आँशु पारेर आफ्नी छोरिलाई अङ्गालो हाल्थी र भन्थि, मेरि प्यारी छोरि, तिम्रा खुशिका दिनहरु कहिल्य नबिराएर आइरहोस् यसरी नै ।।।।।।
अनी -
एक्दिन सिर्जना सुटुक्कै पैँयुको रुखमा झुण्डिएर खुद्कुशी प्राप्त गरि,भनौ मृत्युबरण गरि। हो त्यहि दिन देखि यो अबोध बालकको काल्खण्ड जीवन अध्यायहरु प्रारम्भ भए। र पनि मैले कुनै त्यो बर्ष छुटाएको छैन की रोजीले आफ्नो जन्मदिन मनाउन नपाएकिहोस्। म मेरो कोठामा लिएर उस्को धुम्धाम जन्मदिन मनाइदिने गर्छु। उस्की मामुले दिने कुनै थोक भन्दा कम
गर्दिन। त्यो म भने पछि हुरुक्क हुन्छे। त्यो रातमा सुत्न जानु भन्दा अघि मेरै घरमा हुन्छे किनकी मात्रित्व मरेकी आइमाइकी काख भन्दा म नै प्यारो थिएँ उस्को लागि। त्यसले मलाइ नै आफन्त स्विकारेकी थी मलाइनै आफ्नो शर्वस्व। यदि मैले पनि त्यसलाई माया नगरे कस्ले गर्छ? साँच्चै भन्ने हो भने, सिर्जना म सँग प्रेम् गर्थी। म स्विकार्छु, उन्का बावुले लाहुरे हेरेर सुख शान्तिको लोभमा आफ्नी छोरि गाई झैँ दान गरेका थिए। पछि चिपुर्झिल्की तरुणिहरु
सँग लागेर लाहुरेले मन बटार्नु नै सिर्जनाको मृत्युको कारण हो ।
यसर्थ मलाइ लाग्छ, " लोभ र लालचमा गरिएका सबैजसो निर्णयको नतीजा यस्तै हुने गर्छ । "
म सँग रहेर रोजीले सर्बश्व पिडाहरु बिर्सि,म जहाँ जान्थेँ त्यो पछि पछि आउँथी। मैले त्यसको लागि कहिल्य
झर्को फर्को गरिन की त्यसले म सित मन दुखाओस्। बरु,खुशि पार्न मैले धेरै थोक गरेँ उस्का लागि। यसरी समयहरु
यहि क्रममा खोलाहरु संगै बगेर समुन्द्र पुगे सायद्। यता रोजिका सौतेनी मामुले सालन्य बाख्राको पाठो झैँ बच्चा ब्याईरहि।
झन यस्ता बेला त रोजी प्यारो हुने कुरै थिएन। भाइ र बहिनिहरु सामर्थ्यले नभ्याइन्जेल बोक्नु पर्ने हुन्थ्यो त्यस्ले। मैले यस्तो खाले निर्णय गर्ने बिचार गरेको थिएँ की बालशोषण गरेको अपराधमा कानुनी हिसाब बाट सजाय दिलाएर उनिहरुलाई कायल पारुँ। तर यसो हुन पाएन,किनकी तुरुन्त मेरो पोष्ट सर्यो ओखलढुङ्गा। मैले धेरै मुश्किलले छाड्न सकेँ रोजीलाई।
आफुलाई पनि लैजान आग्रहमा सरासर पछ्याएकी रोजीलाई ढाँट्न सम्म ढाँटेर उम्किएँ, मुटूभरी पोकै पोको पारेर। आँखाभरि रोजी रोजी बोकेर, अनी मष्तिस्कभरी रोजिका रुवाइहरु स्मरण गर्दै म एक बर्ष भरिको लागि।
मलाइ त्यो एक बर्ष एक जुगको कष्ट भयो। धरोधर्म मैले त्यसलाई नसम्झेर बिताएका कुनै त्यस्ता पलहरु भए मरिजाउँ।
अझ,सानुमाया र मन्सराको चिट्ठिमा रोजीको आँशुको दुई थोपा अक्षरमाथी खसाएर पठाइदिएकोले म रोइन्जेल भएँ। र
चिठ्ठिमा रोजीले सोधी खोजी गर्न सम्म गर्छे भनेर भनेकोमा म त्यसको मायाले मर्नु भएँ। अझ अरु गाउँमा मेला लाग्दा उस्की सौतेनी आमा र राक्षस बावुले सबैलाई रोटे पिङ र हात्ती माथी चढाए रे, तर उनिहरुलाई पच्छ्याउँदै रोजी भने भुइँ भुइँ तिर कुदिरहि रे। कति हद सम्मको यो अन्याय नाबालक उपरको। यी सबै कुराहरु पढ्दा उत्तिखेरै गएर त्यस्का त्यस्ता जनावर चरित्रका बाबु-आमा भनाउँदाहरुलाई जीवनका अमुल्य अध्यायहरु बाट समाप्त गरिदिऊँ झैँ भयो।
सङ्कल्पको कुना बाट म आफै बोलिएँ, मेरि प्यारी रोजी,म तिमिलाइ आफ्नी छोरि भन्दा प्यारो गरेर हुर्काउँछु,बढाँउछु,पढाउँछु
र तिमीलाई साझा बसमा चढाएर राजधानी पुर्याउँछु, अनि धरहराको टाउको माथी राखेर तिमीलाई सबै भन्दा उँचा बनाउछु ।
समय पातहरुसंगै खसे । एउटा डल्लै शिशिर खोला संगै बगेर समुन्द्र पुग्यो। बनपाखाहरु पँहेलिन थाले। मन्द मन्द पवनका झोँकाहरुले सुकेका पातहरु हाँगाबाट खसाल्न थाले। न्याहुलका बिरक्त बिरहका धुनहरुले मनहरु कता कता बैराग लागेर आयो। त्यो स्थितिमा मैले रोजीको याद् गरिरहेको थिएँ धेरैजसो। एक्कासी कताबाट मलाइ रोजीको जन्मदिनको याद् आयो, मैले
झट्ट क्यालेण्डरमा हेरेँ, पर्शीको दिन उस्को शुभ जन्मोत्सव।
म आत्तिएँ ! अनी एक्कासी अफिसमा भ्याकेसन मिलाएर भोलिपल्ट म उडेँ हेलिकोप्टर बाट।
बेलैमा घर आइपुगेँ। मैले देख्नु पर्छकी दगुर्दै आएर रोजीले मेरो दुबै हातमा समाएर झुण्डिन पर्छ, उ धेरै भन्दा धेरै रमाउनु पर्छ। तर आँगन सम्म पुगि सक्दा पनि कतै बाट मलाइ देखेर त्यो आइन। छेक्छन्द पनि मिलेन की त्यो कहाँ निर छे र के गर्दै छे? आत्तुर भएर
उभिरहेँ म त्यसको उपस्थितीको प्रतिक्षामा। कतिखेर भेटुँ र उस्का जन्मदिनका लागि लिएर आएको उपहारहरु देखाएर उसलाई
लोभ्याँउ, असिमित खुशिमा डुबाँउ! तर खोई अझसममा त्यसको अत्तो पत्तो पाइन त ! यो कौतुहलका बेग रोक्न नसकेर मैले
सानुमायालाई पनि सोधेँ,
खोइ त रोजि? किन त्यो यहाँ आउन छोडि? कि तिमिले के गरिदियौ उस्लाइ?
सानुमायाले भनि, सुतिराछ होला नी उस्को घरमा। अस्ति मात्र उस्का राक्षसनी आमाले पिटेर धुलो पारेकी छे, किन
यसो गरेको भन्दा लोग्ने स्वास्नी नै मसँग जुझ्न आइलागे।
अचाक्लि! यो त सहनै नसक्ने कुरो! आफ्नो सन्तानको माया त एउटा बाघलाई पनि हुन्छ। हुन पनि हो, आमा मर्नु
उती ठुलो कुरो हैन तर आमाको मात्रित्व मर्नु भयानक हो। कहिँकी यो मात्रित्व मरेकी चण्डाल्णि आइमाइ।
नारी आमा हो आमा हुनु नारीको कर्तव्य हो। नारीहरुले आमा हुन जानेन भने श्रिष्टिको के हालत के हुन्छ? म चुर्मुरिएर गएँ,
अब मलाइ कुनै त्यस्ता परवाह छैन की समाजले रोजिका लागि मलाइ जेसुकै भनुन् म आफू बाट एक्छिन अलग राख्न सक्तिन।
अनी मैले त्यसलाई सबै ठाउँमा खोजेँ, भित्र बाहिर मझेरी सबै सबै ठाउँमा। तर त्यो मरे देखा परिन। मेरो मुटुमा चिसो हिउँ
पस्यो। म अत्तालिँदै खोज्दै जाँदा अचानक त्यसलाई बाख्राहरुको खोर माथी सुतेर मस्त निदाइरहेकी पाएँ । त्यसको कोमल
अन्जुलिमा तीन ओटा मैन बत्तिहरु थिए। अनी कुनै फुलका दुई थुङ्गा अर्को अञ्जुलिमा फुलिरहेका।
म झन्डै रोएँ, किनकी यसले आफ्नो जन्मदिन मनाइदिने मान्छे नपाएर आफैले यी दुई चिजले मनाउने सुरमा छे । तर मैले
उसलाई जुरुक्क उठाएर आफ्नो अङ्गालोमा हालेँ। र मेरो घरमा लिएर गएँ, बिचरा! रोजि, लुती भैइछे। हन्हनी ज्वरोले कपाल
छोइनसक्नु भएछ । मैले त्यसलाई ब्युँझाएँ। त्यो ब्युँझी र मलाइ देखेर एक पटक बेजोडले तर्सि, की म बाघ हुँ, तर
फेरि सम्हालिएर भनि, एउटा खुशिको बेगले, मेरो मनदेव अङ्कल्, तपाँई आउनु भयो ? यतिञ्जेल हजुरलाई मैले कहाँ खोजिन !
लुकिबाजी खेल्ने पर्खालमा, पानी भर्ने पँधेरिमा, भञ्ज्याङमा । मलाई एक्लै छोडेर कहाँ जानुभयो मेरो मनदेब अङ्कल? के
हजुरले मलाई संगै लैजान मिल्दैनथ्यो र ?
अनी सकी नसकी त्यसले मेरो हात् समाति। र रुँदै भनि,म मर्छु होला अङ्कल, मरेँ भने म तपाँइलाई भेट्छु र?
मलाइ अती भयो, कस्ले भन्यो की मेरि रोजी मर्छे ? म सँधैको लागि तिमी सँग बस्न आएको छु अब तिमिलाइ केही पनि हुँदैन।
त्यस्पछि उस्का जन्मदिनको लागि ल्याइदिएको उपहार देखाउँदै भने, भोलि यी सब ओढेर खेलाएर तिमी सबै भन्दा राम्री हुनु
पर्छ र भोलि तिम्रो जन्मदिन मनाउदै कति धेरै नाच्नु छ गाऊनु छ रोजि, त्यो रमाइलो भोली पो कतिखेर हुन्छ है ?
क्रुरताको बाणमा त्यन्द्रा त्यान्द्रा उनिएकी रोजी मेरो अङ्गालोमा टाँस्सिएर झुलि । कति सम्म निर्दयतापुर्वक हेला भैछे
भने, अनी रातभर त्यसलाई आफू संगै च्यापेर राखेँ,अङ्गालेर राखेँ । जाडोले होकि थर्थर काँप्न शुरु गरि, मैले शिरक ओढाएँ , र
अङ्गालोमा टाँसिरहेँ। के बिध्न ज्वरो ।।।।।!!!
यद्धपी त्यसले बोल्न जान्ने भए निश्चयनै त्यस्की सौतेनी आमालाई सुरिलो स्वरले अलाप्दै भन्नेथि की आमा के तिमी मलाइ
मार्छ्यौ? के तिमी आमा भैकन पनि श्रिष्टिको उल्लङ्घन गर्छ्यौ? तिमी त आमा हैनौ र? तिमिले त आफ्नो ममताले
माया नपाएका अनाथहरुलाई पनि स्नेह गर्नु पर्ने हैन र? तर त्यो यति भन्न सक्ने भैसकेकि कहाँ थीई र विचरा !
शिताङ्ग मिर्मिरको ओभानो पहरमा दोस्रो डाक जब भालेले छाड्यो, रोजी जुरुक्क उठेर मलाइ झक्झकाई , अङ्कल्, खोइ त
मेरो लागि जन्मदीनको उपहार्?
म अली अली निदाउन लागेको रहेछु। जुरुक्कै उठेर उसलाई सबै कपडाहरु पहिराइदिएँ। केकहरु माथी बत्तिहरु जलाइदिएँ।
त्यो मेरो काख्मा आएर आफ्नो मन्टो अडाइ, र भनि, अङ्कल उ मामु पनि आउनुभयो, खोइ त ह्याप्पी बर्थ डे भन्नु भएको?
खो त तालि?
म त्यसको एक्सुरे बोली देखि आश्चर्य हुँदै बोल्दैछु , ह्याप्पी बर्थ डे टु यू ........
त्यो मेरो अङ्गालोमै लिपिक्क भई। मैले बत्ति निभाउन भनेर उसलाई भने, त्यो अलिक बल गरेर बत्ति निभाउन सास
फुकी बत्ति त निभ्यो नै, तर त्यसको मन्टो पनि मेरै काँध माथी लत्रियो, मैले त्यसलाई आँखामा ल्याएर हेरेँ, त्यसले म
लगायत यो संसारको रङ्गमञ्च बाट पर्दा उघारेर बाहिरिसकेकी थी। त्यो उठिसकेकी थीई आफ्नो कोमल शरीर बाट
आफ्ना अनन्त इच्छाहरुलाई अधुरै छोडिराखेर । प्रिय रोजी सँगको परम बिछोड-बेदनाले म त्यसलाई अङ्गालोमा च्यापेर
ग्वाँ ग्वाँ रोएँ, वर पर मेरो आर्तनाद सुन्नेहरु सबै कहालिएर आइपुगे । साथै समाजमा औपचारिकतामा प्रस्तुत हुन अनौपचरिक
रोजिका ती सौतेनी आमा र बाउ भनाउदा पनि आइपुगे र रुन थाले, मैले भने, नौटङ्की पर्या छैन, यो आँशु गोहीको हो र
यो रुवाइको आवाज कुनै बाघको हुङ्कार हो तिमीहरु जस्ता आफ्नै सन्तान सिध्याउने आमा बावुहरु सन्सारका सैतानहरु हुन्।
मैले कहाँ कहाँ सुने की कुनै पर्खालको भित्ता बाट अडेस हालेर श्रीजना बोलिरहेकी, मनदेब मैले मेरि छोरिको यो बिजोग हेर्न
नसकेर साथै लगेकी छु पिर नगर, मेरि प्रिय छोरीले आफ्नी असल आमा पाइसकेकी छे।
अनी मैले रोजीको शबलाई अङ्गालोमा अझ जोड्ले टाँसेर भने , ह्याप्पी बर्थ डे रोजी ह्याप्पी बर्थ डे टु यू ...............
रोजी बलिन्द्र निन्द्राको सुरमा कहिल्य नब्युँझिन मेरो काँधमा शिरानी हालेर अन्तिम पटक निदाएकिछे । म आहा ! आहा !
लल्लवी गाईरहेकोछु मेरि रोजीको चिर निन्द्रा धपाउन ......
देविन बावु राई ( बसाहा १ उदयपुर )



कथा , "एक थप्पडको जारी ....." 

March 22, 2013 at 8:45am
सन्ते दुई जूनीलाई पुग्ने ऋण बोकेर गयो परदेश्। आमाले पटुकिको फेरोले आँशु पुछिन्, र सङ्गिनी सन्ची मुटु एक पोको पारेर रोई बरा! गुडिया जता एक छोरो र छोरि आफ्ना आमाको एक एक हात् समाएर उभिरहे।


बिदेश पुगे पछि भने र सोचे जस्तो नभए पनि दु:ख सूख कामको दौडधुपमा बिलायो सन्ते । यता सन्ची आफ्नो पोई सँगका रमाइला दिनहरू सम्झेर मुर्च्छा पर्थि, निकै दिन बिते -फोन गरेर आमा र सङ्गिनी सँग धित मरिञ्जेल बोल्यो सन्ते , उ त्यो दिन भर खुशि भयो । किनकी सन्ची प्रेमभरी हृदयले प्रस्तुत भई , सन्तेको मनभरी सुटुक्क समाबेश भई । त्यहि प्रेमको शिरानी लाएर रातभर स्वर्गिय स्वप्नामा निदायो सन्ते।


अर्को चोटि फोन गर्दा सन्चीले फोन टिप्न भ्याईन, आमाले उठाएर साँचो बिसन्चो सोधिन्, त्यस्बेला आफ्नी मुटु भरिको सन्ची सँग बोल्न नपाउँदा खल्लो लाग्यो, जर्नेल काकाको मल बोक्न खेताला गई छे।


अर्को पटक फोन उसैले उठाई किन हो त्यतिखेर भने त्यति रोमाण्टिक कुराकानी हुन सकेन जति अपेक्षा गरेकाको थियो सन्तेले । पैसा पठाई मागी र भोलिपल्ट सन्तेले कमाएको जति पठाइदियो।


फोनको कुराकानी निकै रमाइलो हुन्थ्यो । घरि घरि उत्ताउलो पल्टिएर मोरो सन्ते आफ्नी स्वास्नी सँग जिस्की पनि टोपलिन्थ्यो। सन्ची खित्खिताएर हाँस्थि।


दिन यस्तै यस्तै हो -


पैसा पठाउने काम जारी नै छ। कमाएको सम्पती घरमा पठाउनु पाउँदा सन्ते हदै सम्मको खुशि छ । स्वास्नीले घरमा साउ ॠण टार्नु पर्छ, मेला हाट जानु पर्छ। नून भुटुन कपडा सबै सबै केटा केटिहरुको हेरचाह जम्मै उसैले ।


अब छोरा छोरि पनि निक्कै उड्ने र गुड्ने भैसकेका थिए। उनिहरु आफ्ना बाबा सँग फोनमा पनि कुराकानी गर्न थालिसकेका थिए। एक दिन फोनमा लामो रिङ्ग जाँदा समेत नउठ्दा सन्ते छक्कै परेको थियो। सानी छोरिले फोन उठाएर बोलेकि थीइ, आमा जर्नेल् बाजे सँग हाट् जानु भएको छ,


अर्को चोटि फोन रिसाउँदै उठाएकि थीइ सन्चिले , जति बुढी हुँदै गयो उती निहुँ खोज्दै जान्छिन बुढी मान्छे । यस्को मतलब आमा सँगको झगडा भनेर भेउ पायो सन्तेले । अली अली झगडा त भै नै त हाल्छ परिवारमा । हत्तार पत्तारमा फोनमा भने जस्तो ती दुबैले बोल्न पाएनन ।


अर्को पटक फोन गर्दा -छोरोले फोन उठायो , मामु त बर्थ डे मनाउनु जानु भएको छ।


कस्को? जर्णेल बाजेको ।


अनि हजुर आमा नी त ?


घाँस काट्नु बनमा ।


त्यो दिन सन्ते आफ्नी आमा बनमा घाँस काट्नु जानु परेकोमा दुखि भयो, के गर्नु मेरि सन्चीलाई पनि भ्याइ नभ्याइ छ।


अर्को चोटि फोन गर्दा उठाई सन्चीले , हैनौ फोन पनि कति गर्न सकेको हौ? कहिल्य काँही गरन , दिनै पिच्छे जस्तो गर्नु पर्छ ?


सन्ते हाँस्यो, के गर्नु त बुढी माया लाग्छ त ?


लौ लौ अब महिना महिनामा गर्नु ।


राम राम राम ! त्यो महिना काट्न सन्तेलाई चार जूनी लाग्यो ,


महिना मरेको भोलि पल्ट कल गर्दा आमाले उठाईन , आफ्नो छोरो सँग ममतामयी आँशु झार्दै दुखिनी ब्यक्त भईन बरा!घरमा साहुहरू किरै सरी आएर धुरुक्कै पारिसके छोरा । पैसा पठाएर यिनीहरूलाई टार र तिमी पनि छिट्टै आऊ, घर नसप्रेला भन्ठानेको छु।


अनि त्यत्रो बिधी पठाइदिएको पैसा ? खै, छोरा मैले ती पैसाहरू कहिल्य देख्न पाएकी छैन। घर ब्यबहार पनि मेरो बृद्ध भत्ताले चलाइ रहेको छू ।


सन्ते झन्डै बहुलायो, उस्ले सन्चि कहाँ छे भनेर सोध्यो, आमाले भनिन गोठमा बस्तु स्याहर्दै होली छोरोले फोन लगिदिन्छ बोल्नु उ संगै ।


छोरोले मामु भन्दै फोन लगेको पनि सुनिरह्यो , यथार्थ कुरा बुझ्न आत्तुर थियो सन्ते ।


तर छोरोले एक्कासी फोनमा भन्यो


बाबा ! बाबा ! मामु र जर्नेल बाजे त गोठ भित्र सुतेर चाकाल चुकुल खेल्दैछन पसिनै पसिना भएर -


सानो छाँगा बाट खसेन सन्ते, धिरजताले त्यागेका उस्का दुबै आँखाहरू फुस्रा भए, ढुकढुकिको जोड्दार रफ्तारले थर्थर काँप्यो उ, थुक्क सञ्ची ! के मति लीईस नी यस्तो ?
उस्ले त्यस पछि आफ्नो छोरालाई भन्यो , हुन दे र यस्ता कुराहरु कसैलाई नभन्नु, भरै मामुलाई पनि यस्बारे केही नभन्नु , उसलाई चाहाक्ल चुकुल मात्र हैन रोटे पिङमै फननन घुम्न दिनु ,

फेरि एक दिन फोन -

सञ्चीले टिप्न भ्याई र बोलि, तिमी के सारो मात्तिएको सन्ते? स्वास्नीलाई अरुले लगिदिन्छ की जस्तै गर्छौ, पैसाको नाश , भएभरको कमाई जति फोनमै सिध्याएर घरमा के पठाउँछौ?

सन्तेले सबै आवेगलाई धेर्यताको पोको भित्र पोक्याएर नाटकिय शैलिमा भन्यो, प्रिय पैसा त हातको मयल हो तिमिनै केही भैगयौ भने म के गरुँ ? सायद् म यो कहिल्य सोच्न पनि सक्दिन ।

जिवनभर नपखालिने पर्याप्त पापहरूले जुठिएकी सञ्ची झट्त तर्सी ।

सन्तेले फेरि कुरा लम्ब्यायो, म शारीरिक रुपमा अलिक अस्वश्थ छू यसर्थ पनि महिना दिनको छुट्टी मिलाएर म घर आउँदै छु, त्यसैबेला दुख-सुखको मीठा नमिठा गफहरू गरौँला ।

सञ्चीको सात्तो उड्यो, त्यो अक्मकाएर बोलि, के रे केरे घ घ घर आउने रे ? उतै बसेर औषधी खाँदा हुँदैन र? बल्ल बल्ल कमाई गर्न गाको मान्छे किन फेरि आईहाल्नु आउनु जानु खर्च माथी खर्च ।
आउनु पर्‍या छैन, बरु खुरुक्कै पैसा पठाउनु ,

पाउ देखि शिर सम्म झम्झमायो सन्तेको , तर आक्रोशहरूलाई मरिञ्जेल दबाएर शुषुप्त स्वरमा बोल्यो उ, हैन मैले आउनै पर्छ सञ्ची घर व्यबहार पनि अलिक नसप्रेको महशुश हुँदै आएको छ।

कुरा काटी सञ्चीले, घर व्यबहार ? त्यो चट्याङ झैँ चड्किएर बोलि, ओइ सन्ते म माथी शङ्का छ की के हो? की तिम्री आमाले फूल बुट्टा भरेर राम कहानि सुनाई ?

तब सन्ते अलिक खरो शैलिमा प्रस्तुत भयो, सञ्ची ! सिमांकित कर्तब्यरेखा बाट बाहिरिएर जथाभावी मुख नचलाऊ, अन्यथा बुहारीले आफ्नो आदर्श र कर्तब्य त्यागे कहाँ सम्मको कुरुप हुन्छ बुझ्ने प्रयाश गर ।

जे सुकै गर , भनेर रिसले फोन राखिदीइ सञ्चीले ।

यसर्थ पनि सन्तेले आफ्नी स्वास्नीलाई काइदाले बुझ्यो की स्वास्नी पराय गन्धले दुर्गन्धित छे। बैशका गरम स्फुलिङहरूलाई नियन्त्रण अर्न नसकेर जर्णेलको अङ्गालोमा सररर सल्की सञ्चि। उता पिरै पिरमा डढेलोले सल्किएको
भष्मिभुत पारेको पतझड पाखो झैँ भयो सन्ते ।

पोइ रित्तिएको बिछ्यौनामा मसारेर पसारेर अर्काकी स्वास्नी माथी मोज गर्नै गर्‍यो जर्णेलले ।

कादम्बनिका धवल बस्ती बस्ती शैर गर्दै जहाजमा हुरुरुरु उडेर सन्ते छुट्टीमा घर आयो । जब उ आफ्नो गाउँ आइपुग्यो, तब उस्ले थाहा पायो, स्वास्नी जर्णेल सँग पोइल गैसकिछे । सन्तेलाई फरक केही परेन की त्यो स्वास्नीको पीडा त्यतिखेरै ब्यहोरी सकेको थियो, जतिखेर उस्ले छोरो बाट स्वास्नीको कुमती चित्रमालाको बर्णन पाईसकेको थियो। कुरा त्यो हो बिदेश बाट ५ लाख जति पठाइदिएको सबै पैशा जर्णेलको काखमा बसेर झ्वाम्म पारिदीइ ।

घरमा बुढी आमा दैलो निर उभिएकी थीइ र छोराछोरीहरू आँगनमा उफ्रिरहेका थिए । ती सबै स्नेहको टुक्राहरुलाई आफुमा जोड्यो सन्तेले भने तिनीहरू आफ्नो सहाराका पहाडको छातिमा लपक्क लेपन भए, साथै सन्तेले आफ्नी आमाको पयरमा टाउको राखेर भन्यो सञ्चै छौ आमा ?

आमा सैवाल पुत्र-प्रेमको सागरमा चुर्लुम्म डुबिन्, र आँखा बाट सावन खसाइदीईन , आमा किन पिर गर्छ्यौ ? अर्काको ढोका उघारेर ल्याएकीले यो घर रुचाईन त के भयो, गैई मलाइ खेद छैन औँली भए औँठि लाउन कति पाईन्छ पाईन्छ ।

अनि त्यो पनि थाहा पायो की सन्तेले - त्यस्की वृद्ध आमालाई दिनु सम्म दु:ख दिएर जर्णेल सँग गर्न मोज गरिछे । एक पटक त खुकुरी थुतेर जर्णेल र सञ्चीलाई फर्सी झैँ चानै चाना पार्न रिस उम्ल्यो, तर उस्ले आफूलाई सम्हाल्यो,

गाउँका मान्छेहरूले कतिले सोचेका थिए की सन्तेले खुकुरी उध्याएर पाईन लाउनेछ अनि जर्णेलको बन्दुकको नाल भाँचेर बलीको बोको झैँ जर्णेल र सञ्चीलाई च्वाट्टै पार्नेछ, तर त्यसो भएन ।

त्यस्पछि सन्तेका कान फुक्नेहरू धेरै धामी झाँक्रीहरू भए। मुला र मेवा झैँ काटेर टुक्रा टुक्रा पार्ने बतासे सल्लाह पनि नपाएको कहाँ हो र? यस्तो स्थितिमा मान्छेहरूले किन कुरा लाउन चुक्थे किनकी सन्तेकी अङ्गालोकी जोइ अर्को सँग टाँस्सिएर पोइल गएकिछे , अब उनिहरुलाई सन्तेले निभाउनु पर्ने उश्रृङ्खल भूमिकाहरूको रमित हेर्नु छ । जादु गरोस सन्तेले र रमाइलो होस् गाउँलेहरूलाई । तर सन्ते उनिहरुको कुरामा पटक्कै सहमती नभएर उस्ले सुगम स्वरमा भन्यो,
मेरि स्वास्नी भएर मेरो मझेरिमा आई त्यो र मेरो पाखुरी खाई के भो र त्यसलाई म मन् परिन , त्यहि बुढो जर्णेललाई हिरो पाई , म सँग गुनासो छैन , पोइल गै, त्यस्को लागि ठिकै गरि । मेरो भन्नु र गर्नु केही छैन ।

तर धर पाएन सन्तेले , गाउँकाहरूले जार काट्न उक्साए सन्तेलाई , पोइको कमाई नाश गरेर घर भताभुङ्ग बनाई समाजको मान्यता नराखी पोइल जाने यस्ता नखर्माउली आईमाईलाई पाटा कसेर ठिङ्गुरा हाल्न भनिए , तर सन्तेले त्यहि शान्त स्वरमा, ज्युँदै मरेकी गन्हाउने आईमाईको काटो खान्न म हुन दिनुस् ।

तर गाउँ समाज बाट चोखिन आस्थानी गृहमा सन्ते आफू उभिन र सञ्चीलाई पनि उभ्याउनै पर्ने भयो, पोइल गएकी बैफाल्नी स्वास्नीको अनुहार हेर्नु नपरोस भन्दा भन्दै यसो गर्नुमा उ मजबुर भयो।

मान्छेहरू भेला भए, जर्णेल र सञ्ची पनि आस्थानी गृहमा उभिन आइपुगे, सञ्चीले जर्णेलको हात् बेस्सरी समाएकी थीइ, त्यो सन्तेले नदेख्नु भन्दा भन्दै देख्यो। आफ्नो पल्टने तागत फुकाएर तोप जस्तै पड्किए भने सञ्ची जर्णेलको छातिमा अडेस लाएर चिर्बिराउन सम्म चिर्बिराई । तै पनि सन्ते केही बोलेन, समाज बाट धेरै थोरै कुराहरू भए, सन्तेको स्वामित्व बचाउनको लागि सञ्चीले माफि माग्नु र आफूले बेफकमा उडाइदिएकी हर्जाना असुल्न पर्ने भयो।

जर्णेल पड्किएर बोले, हैन यस्ले कतिनै पो कमाएको पो थियो होला र सञ्चीले कतिनै उडाइदी होली, सञ्चीले कुनै हाट्मेलामा पोल्टो खोलेर पैसा उडाएकि मलाइ थाहा छैन ।

सञ्ची झिँगा झैँ भन्कि, सन्तेले हैसियत अनुसारको जारी मागोस्, र स्वास्नी पोइला गएको वापत प्रायश्चित गर्न निवेदन गरोस म गर्न तयार छू , पोइमा पोइत्व नपाए पछि कुन स्वास्नी पोको परेर उ सँग बस्छे ?
ठुटो जस्तो सन्ते केही बोलेको थिएन , जर्णेल बन्दुक जस्तै पड्किरहेका र सञ्ची हाँडिमा मकै भुटे जस्तो ।

केही नलागेर सन्ते यति भन्न वाध्य भयो, मलाइ खुब तिमीहरूको धमाश नदेखाउ, तिमीहरूको केही चाहिँदैन मलाइ, नजानु सञ्ची भएभरको बैश र पैशा पोक्याएर जर्णेलको मुनि पसिहाली, भैगो गरि खाउ ।

समाजले सन्तेको स्वामित्व बचाउनको लागि केही निर्णय गर्नै पर्ने जिक्री लियो, नत्र समाज र सामाजिक अस्तित्व उपर खिलाफ हुने कुराले सन्ते स्वयं अपराधी हुने भएकोले उस्ले जारी प्रथाको मान्यता राख्न केही न केही नगरि सुखै पाएन ।

सन्ते सबै सम्मुख उठेर बोल्यो, त्यो मेरो स्वास्नी भएर मेरो कमाई उडाई मेरो ढुकुटि सिध्याई गुनासो छैन, किनकी लोग्नेको सम्पती भोग चलन गर्न पाउने स्वास्निमा उस्को अधिकार हुन्छ नै, अब म त्यो लिन्न, बाँकी खुकुरीले काटुँ त मरिहाल्छे, डोरिमा फन्काएर झुण्ड्याउँ पनि उहिनै हो, त्यो पो स्वास्नी भएर स्वास्नी झैँ हुन सकिन, म त असल पोइ हुँ र त्यसले जस्तो आरोप लाए पनि स्वास्नी माथी हुनु पर्ने पोइको मन म सित छ, तब म अरु के गर्न सक्छु?

जर्णेल अट्टहास पूर्ण खित्का छाडे, सञ्ची घम्रक्क पारेर नाकको फोरा फुलाउँदै बम्कि, यस्ले चाहेर पनि के नै पो गर्न सक्छ र? यो जे गर्न तयार छ म त्यहि सहि ! हिम्मत छ यस्को?

चारै गाउँ (पञ्चायत)को प्रतिनिधीहरू साथै प्रहरी सेवाका कर्मचारीहरू पनि भेला भएका थिए, उनिहरुले पनि आफ्नो औपचारिकता चुकाउनु पर्ने नियम अघि सारे । केही नलागेर सन्तेले आफ्नो सर्त अग्रसार गर्‍यो,
मेरा आदर्णिय समाज दाजु-भाइ नातागोता म नचाहेर पनि आफ्नो औपचारिकता निभाउन बिवश भैरहेको छू, यसमा हजुरहरूको आज्ञा बमोजिम मैले आफ्नो धर्म बचाउनु पर्छ भने हजुरहरूले एउटा सिफारिस बनाइदिनुहोस्, की मैले समाज बाट पाएको उक्त अधिकार प्रयोग गरेको हुँ । तर म अझै भन्छु मलाइ यहाँ धेरै बेर नउभ्याइयोस ।

जर्णेल र सञ्चीको फाइँफुर्ती सहन नसकेका सबै खाले निकायहरूले उसको पक्ष लिएर बोले, भन तँ आफूले पाउने अधिकार प्रयोग गर्न पाउँछस्, तर भन के गर्न चाहन्छस्?

खोइ के गर्नु र अघिनै भनि सके खुकुरीले हान्नु सक्तिन डोरिले बाँधेर झुण्ड्याउन मेरो पोइत्वले दिँदैन हजुर, एक थप्पड सम्म लगाउँदा समाजको मान्यता र मेरो पोइत्वको धर्म बाँच्छ भने त्यति चाहिँ गर्न तयार छू ।

प्रहरी सेवाका मान्छेले भने , एक झापडमा स्वास्नी जफत गर्ने हो र?

सन्तेले त्यहाँ भन्दा केही गर्न नसक्ने कुरा पेश गर्‍यो । त्यति भए पनि समाजले मान्नै पार्ने भयो, उनिहरुले सन्तेलाई एक थप्पडको पोइल गएकी स्वास्नी माथी प्रयोग गर्नको लागि स-अधिकार प्रदान गर्दै कागज समेत बनाई दियो, र सबै समाज बाट हस्ताक्षरहरू पनि भयो । त्यस पछी सन्तेले उठ्दै कमिजको बाहुली सुर्किँदै भन्यो, के गर्नु सञ्ची समाजले धर् कहाँ दियो र पोइल गए पनि मुटुमा राखेकी स्वास्नीलाई चाँही नचाही थप्पड लाउनै पर्ने भयो, नरिसा, म एकै थप्पड मात्र लाएर हिँडिहाल्छु, जर्णेल सँग तेरो घरबार सुखमय होस्,

यति भनेर उस्ले समाजहरूलाई सम्बोधन गर्दै भन्यो, मैले समाज र हरेक पोइहरूको धर्म बचाउन हजुरहरू बाट पाएको अधिकार प्रयोग गरिरहेको छु, अन्यथा नसम्झिनु होला , सञ्चीले यस्को बिरोध गरे यस्को जिम्मेवार समाज माथी छ ।

समाजका सबै मान्छेहरूले भने, हो हो यो एक थप्पडको जिम्मेवारकै लागि हामिले हस्ताक्षर गरिदिएका छौँ । ढुक्कले आफ्नो काम गर् सन्ते।

सन्तेले बिस्तारै डराइ डराइ थप्पड लगाउन खोज्यो तर सकेन, फेरि --- फेरि ---- अझै सकेन र नै त्यो त्यतिकै फर्कन खोज्यो। समाजले गाली गरेर कराए, सञ्चीले छाती ठोकेर भनि, ओइ तेरो हिम्मत छ भने, भएभरको पुरुषार्थ खन्याएर थप्पड मार्, तेरो एक थप्पड मात्र त के हज्जार थप्पड स्विकार्न सक्ने क्षमता छ। आइज लगाई हेर ,

म सँग त्यस्तो निर्दयता कहाँ छ र सञ्ची ? जे होस् तर समाजकै मन राखिदिन भए पनि एक थप्पड लाउनै पर्छ मैले, आइज मेरो एक थप्पड लिएर यो जारी मुक्त हो ।

त्यस पछि गाला थापेर उभी सञ्चि, भने बिस्तारै सन्तेले आफ्नो थप्पड फुकायो, त्यस पछि हावाको बेगमा पञ्जा फुकाएर जन्मै देखिको बलका साथ् थप्पड मार्‍यो, थप्पड गएर खप्परको चल्नीमै परेछ, ओफ् ! ठाउँको ठाउँ खुत्रुक्कै भई सञ्ची । तनक्क तन्की र फुस्रा आँखा पल्टाएर अन्तिम् पल्ट चलि र कक्रक्क भई । सबैको सात्तो पुत्लो उड्यो ।

सबैले एकै स्वरमा कराए, यो के गरिस सन्ते ?

सन्तेले भन्यो, मैले त यसो नगर्नै भनेको थिएँ, तर हजुरहरुकै आज्ञा र उजुर बमोजिम म यसो गर्न वाध्य भएँ । अब जे भयो भयो हजुरहरूले नै दिएको आज्ञा बमोजिम यस्तो भयो, आफ्नो जिम्मेवार बहन गर्नुहोला, म चाहिँ आफ्नो भताभुङ्ग गृहकार्यहरू सम्हाल्न लागेँ घरतिर , हवस्त बिदा पाउँ ।

त्यो जर्णेल आफ्नो जुङ्गा पक्रेको पक्रेकै भयो भने, समाजहरू हेरेको हेरेकै ।

समाप्त 

No comments:

Post a Comment