पत्र-प्रेमपत्र

प्रेम् पत्र September 20, 2011 at 12:08pm चारुहासिनी प्रिएतमा गंगा, यो पुरानो प्रेमबर्षको पावन याद्गारीमा, अतितका सुमधुर प्रेम् दिवसको पुण्य पुण्य स्‍मृतिमा, आज फेरि अर्को चोटि सम्झनाका पवित्र प्रेमोपोहार॰॰॰॰ स्विकार्न सक्छ्यौ भने - हामि एउटा लक्ष्यका फरक बाटाहरु। हामि समानान्तर तर बिभाजीत रेखाहरु। कसैले पढिदिएका हुन्थे त हामि बेग्लै बेग्लै पुस्तकका एक सन्देश। गंगा,म- भन्छु, मैले कस्तो प्रेम् गरेँ कि कहिल्य तिमिलाइ बिर्सनै सक्दिन। त्यो दिन कस्तो होला भन्छु, कि तिमिलाइ भुलेको हुन्छु, सायद् त्यो दिन अनन्तको पनि अन्त हुँदोहो र मृत्‍युको पनि महामृत्‍यु हुँदोहो। तिमी साँच्चै नै हिउँदमा फुल्यौ र बशन्तमा बररर खस्यौ। पिडामा रोइरहेको हाँगाहरुलाई सम्झेर फेरि फुल्न आइनौ तिमी। तिमिलाइ त्यस्तो लाग्नु पर्थ्योकि उही बाटो भएर जिन्दगी पुनरागमन हुदैन र उही स्थितिमा जिन्दगी पुनराबिर्त हुदैन। जिबनमा अन्त्य छ,जिवनले बिधीको पराकाष्ठा उछिन्न सक्दैन। न जीवन फर्किएर बालक हुन सक्छ, न संसार संगै बाँचिरहन। त्यसैले पनि सम्झिरहनु पर्छ- जसलाई भुल्न मिल्दैन भने ॰॰॰॰॰॰॰॰॰॰ गंगा, प्रेमको सन्देश त्यो हैन कि छुटे पछि भुल्नै पर्छ र प्रेमको सन्देश त्यो पनि हैन,झरे पछि पनि त्यहि हाँगामा फुल्नु पर्छ। प्रेम् न तिम्रो अधिनमा न मेरो। प्रेमको आफ्नै रीत हुन्छ। त्यहि प्रेमको खातिर म तिम्रो चुल्ठो बाट कति खेर खसेँ, तिम्रो हात् छुन नपाएर कहाँ छुटेँ। आज हज्जार स्त्रीहरुको बीचमा तिम्रो प्रेमले मलाइ सहवासको सपना बाट ब्युँझाउछ, र शुण्य आकाशमा तिम्रा आर्तनादहरु सुन्छु कि एउटा प्रेमको इमान प्रतिको यो भयानक झुठ हो, बिश्वासघात हो। तिमि एकदिन शरिर भरि निम्फोमेनिया बोकेर भएभरको यौवन लुटाउन मेरो झ्याल उघारेकी थियौ, अनी मैले फकाएर तिम्रो यौवन सुरक्षित वापस फर्काएको थिएँ। हुन त तिम्रा प्रत्यक स्पर्श बाट मेरो कुनै अङ्ग अछुत रहेको छैन। तै पनि त्यो भुल हामिले गरेको छैन कि जस बाट तिम्रो कुमारित्वमा दखल पर्थ्यो र म आफ्नो प्रेम् प्रति बेइमान हुन्थेँ। गङ्गा, आजकल् किन खाली तिमी त्यो हेर्न खोज्छौ की जसलाई देखेर म रोइरहन पर्छ, किन खालि तिमी त्यो खोस्न खोज्छ्यौ की जसलाई पल पल म छोइरहन पर्छ त्यसो नगर प्रिया, मुटु हुने हरुले यसो गर्नु हुदैन। अझै पनि म तिमिलाइ माया उतिकै गर्छु। माया पुरानो हुदैन, माया जुठो र झुटो हुदैन। म आज पनि उही खोलाको किनारमा छु, जहाँ तिमी र म खोला बगेको दिनभर हेरी रहन्थ्यौँ, म आज पनि त्यहि चौतारोमा छु, जहाँ तिमी मलाइ रुमालमा कुराउनी पोको पारेर पर्खिरहन्थ्यौ, मलाइ यी एक एक प्यारो लाग्छ, हुन त यतिखेर समय उकालो जिन्दगी ओ-हालो छ, तर यी सबलाई प्रेमको अमरत्वले लिएर आफू संगै लैजान्छ, परलोक को लागि पुनर जन्मको लागि। ठीक छ गङ्गा, तिमीलाई इश्वरले आफ्नो आधा भाग्य दिएर सुखी तुल्याउने छ बस बिदा माग्छु - उही तिम्रै इतिहाँस देविन बावु

No comments:

Post a Comment